काठमाडौं । साधारण शेयर निष्काशनका लागि १२ कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ४ अर्ब १४ करोड रुपैयाँ बराबरको ४ करोड १४ लाख कित्ता शेयर पाइपलाइनमा रहेका छन् । पाइपलाइनमा रहेका कुल १२ कम्पनीहरुमध्ये, ८ जलविद्युत् कम्पनी, ३ अन्य कम्पनी र १ मर्चेन्ट बैंक रहेको छ ।
पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले आइपीओ निष्काशन गरिरहेका छन् । हालै नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने हाइड्रोपावर कम्पनीको संख्या ८ रहेको छ । यी कम्पनीहरुले २ अर्ब १२ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति माग गरेका हुन् ।
पाइपलाइनमा रहेका १२ वटा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ । जसको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आइपीओ पाइपलाइनमा रहेको छ ।
हेरौ पाइपलाईनमा रहेका कम्पनीहरुले कति कति कित्ता निष्काशन गर्दै छन् आईपीओ: