Connect IPS
IME Life

मिर्मिरे लघुवित्तद्धारा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पिपरी, बाँकेले समुदाय प्रहरी साझेदारीमा बाके कोहोलपुर नगरपालिका वा.नं ९ स्थीत रेहेको कृषि विकास बैंक क्षेत्रीय तालिम केन्द्र पिपरीमा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज, लागु औषध व्युरो नियन्त्रण कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द नेपालगंज, चेन्ज टिम (परिवर्तन समुह)को संयुक्त आयोजनमा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थामा आवद्घ महिला सदस्यहरु, विद्यार्थी साथै समुदायका अन्य महिला तथा पुरुषहरुलाई समेटेर डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरेको हो ।

Prabhu
Crest

उक्त कार्यक्रममा लगभग २०० भन्दा बढि महिला सदस्यहरु, विद्यार्थी तथा स्थानिय पुरुषहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरी डेंगू संक्रमणमा रोकथामका उपायहरु, लक्षण र असरहरुका बारेमा अडियो तथा भिडियो पावर प्वाइन्ट प्रेजेन्टेसन गरिएको थियो । डेंगूको लक्षण देखिने वितिकै नजिकैको स्वास्थ्य संस्था तथा चिकित्सकको सल्लाह लिन सुझाइएको थियो ।

जनचेतना कार्यक्रममा लगु औषध सम्बन्धी र सुधार केन्द्रका काम र लगु औषध व्युरोले गर्ने मुख्य कामको बारेमा जनचेतना दिइएको थियोे । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको डेंगू संक्रमणका बारेमा पहिलो जनचेतना अभिान मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. गरेको हो ।
कार्यक्रमको समापनमा बोल्दै मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम कार्कीले वित्तीय संस्थाको अगुवाईमा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गर्न पाएको खुशी व्यक्त गरेक थिए ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले ले परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबै लाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS