काठमाडौं । नेपाल एग्रो लघुवित्तले लाभांश संशोधन गरेको छ । लघुवित्तले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।
लघुवित्तले यसअघि चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि राष्ट्र बैंकले स्वीकृति नदिएपछि बोनस दिने निर्णय भएको कम्पनीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
नेपाल एग्रो लघुवित्तले यसअघि घोषणा गरेको नगदको सट्टा १५ प्रतिशत बोनस सेयर र कर तिर्न ७८ लाख ५९ हजार ९१५ रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकमा पेश गर्नेछ ।
यो पनि राष्ट्र बैंकले स्वीकृति दिएमा बोनस प्रस्ताव आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र बोनस वितरण हुने जनाएको छ ।