काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको असोज २४ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे आकामा होटल, सुकेधारामा शुरु हुनेछ ।
सभामा वार्षिक प्रतिवदेन पारित गरिने छ । तर, लाभांश सम्बन्धी कुनै प्रस्ताव भने छैन् ।
सभामा आर्थिक वर्ष २०७५ ७६ को वार्षिक नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल, आर्थिक वर्ष २०७६र७७ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।साथै कम्पनीको विशेष प्रस्तावमा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने रहेको छ ।