काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तको शेयर लिलाम गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तको झन्डै ३ लाख कित्ता शेयर लिलाम गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकए आफ्नो स्वामित्वमा भएको २ लाख ९९ हजार ९ सय ८२ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।
उक्त लिलाम गर्न लागेको शेयर आज भदौ ३१ गतेदेखि कार्तिक ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले एक सूचना मार्फत जनाएको छ ।
राष्ट्र बैंकले शेयरको न्यूनतंम मूल्य १२५ रुपैयाँ रुपैयाँ तोकेको छ । सो वा सो भन्दा बढी रकम कबुल गरेर इच्छुक बोलकबोलदाताले आवेदन दिन सक्ने जनाएको छ । हाल कायम संस्थापक शेयरधनीले मात्र यसमा आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।