काठमाडौं । समता माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ बराबर २ को अनुपातमा १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता अर्थात २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
शेयर निष्काशनको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।