काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड १४ लाख ४१ हजार ६८१ दशमलव २५ कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण भएको हो । तिनाउ र मिसन डेभलपमेन्ट बैंक एक–आपसमा गाभिएपछि तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाममा उक्त सेयर नेप्सेमा अभिलेख गरिएको छ ।
तिनाउ मिसनले डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गर्न लागेको छ । एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर पनि भइसकेको छ ।
तिनाउ र मिसन मर्जरपछि चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नेपाल कम्युनिटीलाई एक्वायर गरेपछि पुँजी झन बृद्धि हुने छ।