काठमाडौं । सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्ने जनाएको छ ।
ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।