काठमाडौं । एशियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको बुटवल शाखाले अभिकर्तालाई सम्मान गरेको छ । आर्थिक बर्ष २०७५।७६ मा उत्कृृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा विएमहरुलाई बुटवलको दियालो फुड ल्याण्डमा एक विशेष कार्यक्रमविच सम्मान गरेको कम्पनीले जनाएको छ । कार्य्रकममा विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्ता तथा विएमहरु लाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व एशियन लाईफ ईन्स्योरेन्सका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यस क्षेत्रकी वि.एम कल्पना महत रहेकीे थिईन् । कार्यक्रमको संचालन भैरहवा प्रमुख सुवास सेन ओलीले गरेका थिए ।