काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद गरी कुल ४०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद बाँड्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने संस्थाले जनाएको छ ।
हाल कम्पनीकोे पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।