काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी रेमिट्लीबिच रेमिटान्स सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाईम्रले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध सात हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने तथा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने समेत जनाएको छ ।