काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद शेयर भर्ने आज सोमबार (भदौ २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।
असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ । विभिन्न शाखा कार्यलय तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन बुझाउन सकिनेछ । ग्
लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाडौंमा भने चेकबाट मात्र दरखास्त दिन सकिने ब्यवस्था गरिएको छ ।
हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । हकप्रद पछिे चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।