काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ६१ हंकले घटेर १,१७८ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै १ सय २ अंकले निर्जीवन बीमा समुह घटेको छ ।
बजारमा विक्रीकर्ताभन्दा नी खरिदकर्ता कम भएर शेयर बजार घटेको हो ।
दिनभरिमा १ सय ६५ कम्पनीको ११ लाख ७३ हजार ४ सय ८८ कित्ता शेयर ५ हजार ६ सय ४० पटक खरिदविक्री हुँदा ३० करोड ५३ लाख ७ सय १९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंक प्रोमोटर शेयरको ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ । कुमारी बैंकको ९० लाखमाथिको कारोबार भएको छ । शिवम् सिमेन्टको ८० लाखमाथिको कारोबार भएको छ । सिटिजन्स बैंक, नविल बैक र नेपाल बैंकको ७० लाखभन्दा बढीको कारोबार भएको छ ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै पाँचथर पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।