काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । बैंकले बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको हो । उक्त सहयोग मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गरेका हुन् ।
बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।
बैंकले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।