काठमाडौं । नेरुडे लघुवित्तले ८७ हजार ३ सय कित्ता शेयर लिलामी गर्ने भएको छ । कम्पनीले आज शुक्रबारदेखि ८७ हजार ३ सय कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो ।
बिक्रि गरिने शेयरको न्युनतम मूल्य प्रति कित्ता २२० तोकिएको छ । संस्थापक शेयर खरिद गर्न योग्य रहेका लगानीकर्ताले प्रति कित्ता २२० वा सो भन्दा बढी मूल्य कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ ।
शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापीटल रहेको छ । इच्छुकहरुले क्यापिटलको कार्यालय सुन्धारा वा प्राइम कमर्शियल बैंकको शाखा कार्यालयहरु बिर्तामोड, बिराटनगर, बिरगंज, भरतपुर र नेपालगंजबाट समेत आवेदन दिन सक्ने जनाएको छ ।
संस्थाले लिलामीमा ल्याएको उक्त शेयर भदौ २९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।