काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमध्ये २ कम्पनीको आइपीओ सूचिकृत भएको हो भने १ कम्पनीको बोनश शेयर सूचिकृत भएको हो ।
शेयर सूचिकृत हुने कम्पनीहरुमा नेपाल बङलादेश बैंक, घोडीघोडा लघुवित्त र राद्यी विद्युत कम्पनी हो । नेपाल बङलादेश बैंकको २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।
त्यस्तै, घोडीघोडा लघुवित्तको २ लाख ७६ हजार २ सय ५० कित्ता शेयर सूचिकृत भएको हो भने राद्यी विद्युत कम्पनीको २ लाख २५ हजार ५ सय २५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।