Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंक र सेलपेबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र भुक्तानी सेवा प्रदायक सेलपेबीच सम्झौता भएको छ । आफ्ना सबै ग्राहकहरूमा नेपालमा डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा अझ प्रवद्र्धन गर्नका लागि उक्त संस्थासँग सहकार्य गरेको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउनेवित्तीकै सयको मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने जनाएको छ ।

भुक्तानी सुरक्षित विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसारका सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । ग्राहकहरूले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थान्तन्तरण गर्न सक्नेछन् ।

सेलपे सेलकम सञ्चालित नेपाल राष्ट्र बैंक अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ ।

हालसम्म बैंकले ८२ शाखाहरू, १२० एटीएमहरू, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङ काउन्टरहरूमार्फत् ग्राहकको सेवा पुर्याउँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS