काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्धघाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले गरेका हुन् ।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले उद्धघाटन समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको बताए ।
देशका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा दिँदै आएको बैंकले जनाएको छ ।