काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाबीच उक्त साझेदारी भएको हो ।
साझेदारी भएसँगै सिटिजन लाइफका उपभोक्ताहरुले सहज रुपमा ई–सेवा अनलाईन पेमेन्टमार्फत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छ्न।