काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षमा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरी ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिमा १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रिया अगाडि सारेको छ ।
हालसम्म बैंकले ८२ वटा शाखा, ७८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाई बाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।