काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, जुस तथा पानी वितरण गरेको छ । कम्पनीले काठमाडौंको कमलादीस्थित श्री कमललादी गणेशस्थानमा बिहान ६ बजेदेखि नै मन्दिरमा आउने भक्तजनहरुलाई शुद्ध पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई कम्पनीले उपलब्ध गराएको निːशुल्क जुस तथा पिउने पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको जनाएको छ ।
कम्पनीले विभिन्न चाडपर्वमा भक्तजनहरुको सुबिधाका लागि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ भने आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।