काठमाडौं । नागरिक लगानी कोषको २३ दशमलव १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गते साधारण सभा गर्ने भएको छ । सभा सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने जनाएको छ ।
लगानी कोषले भोली बिहीबार भदौ १९ गते बुक क्लोज गर्दैछ । त्यसकारण बुधबार आजसम्म मात्र कायम सेयरधनीले २३ दशमलव १६ प्रतिशत लाभांश सुरक्षित गर्न सक्नेछन् ।
नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव १६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
सभामा आर्थिक वर्ष २०४/७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश सभामा पेश गरिने समेत जनाएको छ ।