काठमाडौं । सानिमा बैंकले शैक्षिक संस्था टिच फर नेपाललाई आर्थिक सयोग गरेको छ । बैंकले उक्त संस्थालाई १० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने हिसाबले विगतको सहयोगलाई निरन्तरता दिँदै १० लाख रुपैयाँ सहयोग गरेको जनाएो छ ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका लागि टिच फर नेपालले ६ वर्षदेखि यस क्षेत्रमा कार्य गर्दै आएको छ ।