काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १६ गते सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २१ दशमलव ०५२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कुल १२ दशमलव ०५२६ प्रतिशतमध्ये १० प्रतिशत बोनस शेयर र बाँकि ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले स्वीकृतगरेपछि र लगानीकर्तामा वितरण हुने छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रहेको छ ।