IME Life

रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १० दिन लामो प्रहरी हिराशतबाट रिहा भई सिधा कुरा जनतासँग नामक न्यूज २४ टिभीबाट पुनः प्रशारण गर्न नपाउँदै सञ्चारकर्मी लामिछानेका विरुद्धमा दायर भएको मुद्दा खारेज भएको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध हालिएको अदालतको मानहानीको मुद्दा खारेज भएको हो ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले एक टिभी अन्तर्वार्ता गरेका थिए । अदालतमा विचाराधिन मुद्दाको विषय र वादी प्रतिवादीलाई टिभी कार्यक्रममा बोलाएर मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै दायर भएको रिट प्रारम्भिक सुनुवाईमै कञ्चनपुर जिल्ला अदालतले खारेज गरिदिएको हो ।

Prabhu
Crest

प्रमाण नष्ट गरेको र यातना दिएकोबारेको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजुले खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए । आज सोही उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय ठहर गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS