काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले असोज २ गते विशेष साधारण सभा बोलाएको छ । वोमीले सभा प्रयोजनका लागि भदौ २० गते बुक क्लोज गर्ने भएको छ । सभामा भदौ १९ गतेसम्म कायम रहने सेयरधनी मात्र भाग लिन सक्नेछन् । विशेष सभा धुनिबेशी नगरपालिका खानीखोला, धादिङ स्थित होटल ह्वाइट हिल्समा बिहान ११ः३० बजे सुरु हुनेछ ।
वोमी र नागरिक लघुवित्त एकआपसमा गाभिने (मर्जर) विशेष प्रस्ताव सहित वोमीले विषेश साधारण सभा बोलाए जनाएको छ । मर्जर सम्बन्धमा सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा समेत रहेको छ ।
मर्जर प्रयोजनका लागि चल–अचल सम्पति, दायित्व मूल्यांकन प्रतिवेदन र व्यावसायिक योजना तथा प्रक्षेपण गर्न लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ ।
त्यस्तै, मर्जर पश्चात संस्थाको ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, सेयर संरचना परितर्वत हुने भएकाले नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।