काठमाडौं । सवारीसाधनहरुको महाकुम्भ मोला नाडा अटो शो २०१९ काठमाडौंको भृकुटीमण्डपमा जारी छ । गत मंगलबारदेखि शुरु भएको १४ औं संस्करणको नाडा अटो शोमा आगन्तुकहरुको चाप दिनप्रतिदिन बढ्दै छ ।
तर बैंकहरुको स्टलहरुमा भिड भएतापनि सिदार्थ इन्स्योरेन्सको स्टलमा भने अवलोकनकर्ताको चासो कम देखिएको छ ।शुक्रबार अपरान्हको समयमा गाडी किन्नेहरुको भिडभाड अन्य स्टलहरुमा देखिन्थ्यो । अधिकाश बैंकको स्टलमा समेत अवलोकनकर्ता भीड बाक्लै उपस्थिति रहेको थियो ।
तर इन्स्योरेन्स कम्पनीको स्टलमा भने अवलोकनकर्ताको चासो कम देखियो । प्रत्येक सवारी साधनका लागि सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ । स्टलमा कर्पोरेट डिस्काउन्ट अन्तर्गत विशेष छुट दिएको भएपनि खासै भिडभाड भने देखिएन । सोलो व्यापार तथा प्रर्बद्धन गर्ने उद्देश्यले सिद्धार्थ इन्स्योरेन्सले नाडा अटो शोको स्टल भृकुटीमण्डपमा स्टल राखेको थियो ।