काठमाडौं । यो साता नेप्सेमा ६ कम्पनीको कुल २ करोड ११ लाख ८९ हजार ५ सय ६४ दशमलव ५ कित्ता शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुने छ कम्पनीमध्ये पाँच वटा कम्पनीको बोनश शेयर सूचिकृत भएको छ भने एक लघुवित्त कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।
बोनश शेयर सूचिकृत हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, सेञ्चुरी कमर्सियल बैंक, उन्नती माइक्रोफाइनान्स, नागवेली लघुवित्त र प्रिमियर इन्स्योरेन्स हुन् । एक लघुवित्त ग्रामीण विकासको भने हकप्रद सूचिकृत भएको हो ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ लाख ५ हजार ६०० कित्ता बोनस शेयर, नेपाल लाइफको १ करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६ कित्ता बोनस शेयर, सेञ्चुरी कमर्सियल बैंकको १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता कित्ता शेयर , उन्नती माइक्रोफाइनान्सको १ लाख १० हजार कित्ता बोनश शेयर र नागवेली लघुवित्तको १ लाख ४३ हजार ८ सय दशमलव ४१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
त्यस्तै, ग्रमिण विकास लघुवित्तको ३२ लाख ७७ हजार रुपैयाँ हकप्रद शेयर सूचिकृत भएको छ ।