काठमाडौं । हाल नेपाल स्टक एक्सचेञ्जमा ७ वटा जीवन बीमा कम्पनीहरुको शेयर कारोबार हुने गरेको छ । ७ वटै जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।
नेप्सेमा कारोबार हुने ७ जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्कको आधारमा कुन कम्पनीको ग्रोथ राम्रो भनेर हामीले अध्ययान गरेका छौ ।
कसको ग्रोथ राम्रो
आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा नेपाल स्टक एक्सचेञ्चमा कारोबार हुने गरेका ७ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा राम्रो ग्रोथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा २ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा हुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४६ प्रतिशतले बढी हो ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा कुल बीमा शुल्क आर्जन ४३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । एशियन लाइफ इन्स्योरेन्ले ४० प्रतिशतले, एलआएसी नेपालले २८ प्रतिशतले, गुराँस लाइफले २५ प्रतिशतले, नेशनल लाइफले पनि २५ प्रतिशतले र प्राइम लाइफले २४ प्रतिशतले कुल बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएका छन् ।