काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।
नेप्से परिसूचक १ दशमलव ३३ अंकले ११९६ दशमलव ४१ बिन्दूमा पुगेको छ कुल १७० कम्पनीको ९ लाख ७५ हजार कित्ता शेयर २७ करोड ७३ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ ।
बैंकिङ र विकास बैंक समूहको परिसूचक बाहेक अन्य बाँकी सबै समूहको परिसूचमा गिरावट आएको छ ।
कुमारी बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । यस बैंकको १ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ६ प्रतिशतले घटेको छ ।