काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १० दशमलव २६ अंकले घटेर ११९७ दशलमलव ७५ रहेको छ ।
कुल १६८ कम्पनीको १३ लाख २१ हजार ४८६ कित्ता शेयर ३७ करोड २४ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ ।
बुधबार कारोबारमा भएका सबै समूहमा गिरावट आएको छ । समग्र परिसूचक घटेको दिन आरएमडीसी माइक्रो फाइनान्स कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी १० करोडभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको झण्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ ।
सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेको छ ।