काठमाडौं । वोमी माइक्रोफाइनान्सले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ९ गते देखि १ः१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्रि खुला गरेको थियो ।
कम्पनीले १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गरेको हो । शेयर निष्काशन प्रयोजनको कम्पनीले लागि असार २७ गते बुक क्लोज गरेको थियो । त्यसकारण असार २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ । शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।