काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तले चुक्ता पुँजी बराबर कायम हुने १० लाख कित्ता सेयर भदौ ८ गते सूचीकृत गराएको हो ।
आँधिखोलाले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । सोही आइपीओ सहितको सेयर सूचीकृत गरिएको हो । लघुवित्तको सेयर कारोबार सोमबारदेखि खुल्ने भएको छ ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर सोमबार लघुवित्तको पहिलो शेयर कारोबार खुल्नेछ।