काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार सामान्य अकले घटेको छ । आज नेप्से ३ दशमलव ४५ अकले घटेर १,२०९ दशमलव ६२ को बिन्दुमा कायम भएको छ । आज होटल र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ५१ अंकले जीवन बीमा समुह घटेको छ ।
दिनभरिमा १ सय ७१ वटा कम्पनीको १२ लाख ७५ हजार ६ सय २३ कित्ता शेयर खरिदविक्री हुँदा ३५ करोड २ लाख रुपैयाँको कारोबरा भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त प्रोमोटर शेयरको ३ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी नेपाल बैंकको २ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया, अपर तामाकोशी, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोडमाथिको कारोबार भएको छ । नागरिक लगानी कोषको ९२ लानख रुपैयाँको कारोबार भएको छ ।
सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै पाभ्थर पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।