काठमाडौं । कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले शेयर सम्बन्धी सम्पुर्ण कारोबार गष्र्नको लागि भदौ ९ गतेदेखि सहायक कम्पनीको रुपमा कुमारी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
बैंकको यसअघि शेयर रजिष्ट्रार सम्बन्धि सबै कार्य बैंकको शेयर विभाग नक्साल मार्फत हुँदै आइरहेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल मार्फत हुँदै आइरहेको थियो । अब बैंकले आफ्नै सहायक कम्पनी मार्फत शेयरको काम गर्न सक्ने छ ।
कुमारी बैंकका शेयरधनीहरुले अब बैंकको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरुका लागि कुमारी क्यापिटल नक्साल काठमाडौंमा सम्पर्क राख्नुपर्ने छ ।