Prabhu Life Ad Final

राष्ट्रिय बीमा संस्थानको खुद बीमाशूल्क आर्जन १०१% बृद्धि, अन्य सूचांक कस्तो ?

IME PAY
IME Life

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्मा खुद बीमा शुल्क आर्जन छ अर्ब ३५ करोड ३८ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष जम्मा तीन अर्ब अर्ब १६ करोड २६ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले यस वर्ष उल्लेख्य प्रगति गर्दै बीमा शुल्क बृद्धि गर्न सफल भएको हो ।

चौथौ त्रैमासको अन्त्यसम्ममा संस्थाले पाँच करोड ७० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ । संस्थानले अघिल्लो वर्षको यसै अवधिमा एक करोड ९७ लाख ४२ हजार रुपैयाँ मात्र रहेको थियो । यसआधारमा खुद नाफा एक सय ८९ प्रतिशतले बढेको देखिन्छ । यद्यपि उक्त मुनाफामा बीमाङ्कीय मूल्याङनपछि थप हुन सक्नेछ । जीवन बीमा कम्पनीहरुको लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हिसाब किताब हेरफेर हुन सक्नेछ ।

गत आवको अन्त्यसम्ममा कम्पनीले दुई अर्ब ७१ करोड २९ लाख ९० हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम १९ करोड १५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
सरकारी लगानीको जीवन बीमा कम्पनी संस्थानको जीवन बीमा कोषमा २० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आव भन्दा यो ३१ प्रतिशतले बढाएको हो । अघिल्लो आवमा जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोष अघिल्लो वर्षको भन्दा ३४ प्रतिशतले बढेर २२ करोड ६७ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १६ करोड मात्रै जम्मा भएको थियो ।

कम्पनीले मंगलबार गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेपनि पुनर्बीमा कमिशन लगायतका कतिपय विवरणहरु अझै हिसाब किताब गर्न बाँकी रहेकाले वित्तीय विवरणमा प्रकाशन गरेको छैन । त्यस्तै कूल बीमा शुल्क आर्जन समेत हिसाब किताब गर्न बाँकी रहेको संस्थान स्रोतले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS