काठमाडौं। माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज मंगलवार भदौ ३ गतेअन्तिम दिन रहेको छ । बैंकले साउन ६ गतेदेखि विक्रीमा आएको ३अर्ब रुपैयाँ बराबरको ३० लाख किा इकाई ऋणपत्र विक्रीा ल्याएको थियो ।
कम्पनीले आवेदन दिने छोटो अवधि साउन ९ गते तोकेपनि सो अवधिमा सबै ऋणपत्र खरीद नभएकाले भदौ ३ गतेसम्म मिति लम्ब्याएको हो ।
बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता व्याक्तिगत संघ संस्थालाई विक्री गर्नेछ ।
बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा बि।सं २०८५ सम्मको लागि ऋणपत्र जारी गरेको हो । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।