आज सोमबार शेयर बजार बढेको छ । नेप्से ७ दशमलव २३ अंकले बढेर १,२२२ दशमलव ०६ को बिन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा समुह बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै ४४ अंकले जीवन बीमा समुह बढेको छ ।
दिनभरिमा १ सय ७५ कम्पनीको १४ लाख ७७ हजार ४ सय ३५ कित्ता शेयर ९ हजार पटक खरिदविक्री हुँदा ३८ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभनदा धेरै सिद्धार्थ बैंक प्रोमोटर शेयर र रसुवागडी हाइड्रोको २ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी एनआइसी एशिया बैंक, सोल्टी होटल, कृषि विकास बैंक, नेपाल बैंक, प्रभु बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक माछापुच्छ्रे बैंकको १ करोडमाथिको कारोबार भएको छ ।
नाडेप लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै सानिमा इक्यिुटी फण्डका लागनीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।