काठमाडौँ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्सले दुई करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ७ करोड ९९ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १० करोड ६६ लाख रहेको छ ।
कम्पनीको बीमा कोषमा ४४ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा ४ करोड ७१ लख रुपैयाँ रहको थियो ।
कम्पनीले ७३ करोड ११ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ९ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चौथो त्रैमासको अवधिमा कम्पनीले ७५ करोड १७ लाख ३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल सफल भएको छ ।अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ८ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, चौथो त्रैमासको अवधिमा कम्पनीले १ करोड २ लाख ७० हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ३ लाख १२ हजार रुपैयाँ रहेको छ ।