SKIP THIS

National Insurance
IME Life

पेशागत अभिकर्ता संघले राष्ट्र बैंकका गभर्नरलाई बुझायो ज्ञापनपत्र (१० बुँदे मागसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकता संघले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई ज्ञापन पत्र बुझाएका छन् । १० बुँदे ज्ञापनपत्र सहित पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीको नेतृत्वको गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमार्फत बीमा अभिकर्ता संघले मौद्रिक नीतिमार्फत बन्द गरिएको बैंकास्योरेन्स फुकुवा नगर्न माग गरिएको छ । ज्ञापन पत्रमा बैंकमा रहेको सर्वसधारणको खाता हेर्दै, टेलिफोन गरी सर्वसधारणलाई जबरजस्ती बीमा गराएकोले दोस्रो किस्ता तिर्न समस्या परेको तथ्य उल्लेख गर्दै बैंकास्योरेन्स फुकुवा नगर्न भनिएको छ ।

Prabhu
Crest

ज्ञापन पत्रको पूरा अंश

मिति:- २०७६/०४/२९

श्रीमान गभर्नर ज्यू
नेपाल राष्ट्र बैंक
बालुवाटार, काठमाण्डौं

विषय:- बैंंकास्योरेन्सको सम्बन्धमा ।

पेशागत बीमा अभिकर्ता संघ नेपालले बिगत लामो समयदेखी बैंक वित्त तथा बीमा क्षेत्रमा देखिएका विसंगतिका बिरुद्धमा आवाज उठाउंदै आएको कुरा सर्व विदितै छ । हामीले पटक पटक बैंकहरुले बचतकर्तालाई र ऋणीलाई जबरजस्ती बीमा गर्न दवाव दिने गरेको, बीमा नगरेसम्म ऋण स्विकृत नगरेको, स्विकृत गरिसकेको ऋणलाई पनि बीमा नगरेसम्म भुक्तानी नदिएको, बचतकर्तालाई निशुल्क बीमा गरिदिने भनि गलत बिज्ञापन गरेको विषयमा घोर आपत्ति जनाउंदै आएका थियौं । त्यसै क्रममा आ. व. २०७६/७७ को मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले जनताका गुनासाहरुलाई मध्यनजर गरी बैक तथा वित्त कम्पनीहरुको स्वस्छन्दता, विश्वासलाई जोगाउन र भविष्यमा पर्न सक्ने असरहरुलाई मध्यनजर गर्दै बैंक वित्त कम्पनीहरुलाई बीमा सम्बन्धी त्यस्ता कामहरु गर्न बन्देज लगाउन गरेको निर्णयलाई पेशागत बीमा अभिकर्ता संघ नेपाल स्वागत गर्दछ र सम्बन्धित पक्षहरुलाई धन्यवाद दिन चाहान्छ ।
बैंक र बीमा कम्पनीहरुको बीचमा बैंकास्योरेन्सका नाममा सम्झौता गरेको भनेर दिनहुं जसो टेलिभिजन र पत्र पत्रिकामा समाचार आइरहेको थियो उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन तथा बीमा ऐन कतै उल्लेख भएको पाइदैन तसर्थ बैंक तथा वित्त कम्पनीले बीमा गराउने कार्य ऐन विपरित समेत छ । यसै सन्दर्भमा २०७६ श्रावण २२ गते नेपाल बैंकर्स संघले प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुलाई बैंकास्योरेन्स गर्न बन्देज लगाउनु उचित नभएको ठहर गर्दै उक्त निर्णय पुनरावलोकन गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
अतः नेपाल राष्ट्र बैंकले २०७६/७७ को मौद्रिक नीति मार्फत बैंक तथा वित्त कम्पनीहरुलाई बीमा सम्बन्धी कार्य गर्न लगाएको बन्देज फुकुवा नगर्न अनुरोध गर्दछौं ।
बैंक तथा वित्त कम्पनीले बीमा सम्बन्धी काम गर्दा पर्ने असरहरु:–
१. बैंक तथा वित्त कम्पनी र बीमा कम्पनीका आ–आफ्नो नै भिन्न कार्यक्षेत्र भएकाले
२. बैंक तथा वित्त कम्पनीका बचतकर्ताको खाता हेर्दै बीमा गर्न दबाब दिने गरेकोले बैंकमा रकम जम्मा गर्न समेत कतिपय बचतकर्ता डराएकोले,
३. जबरजस्ती बीमा गराउंदा अर्को किस्ता तिर्न नसकी बीमालेख व्यतित हुने गरेको जसको कारण बैंक तथा बीमा दुबै पक्षलाई हानि पुग्दछ ।
४. हाल बैंकले ऋणीलाई जबरजस्ती बीमा गराउंदा ऋणीले घुसको रुपमा बीमा गरेको महशुस गरेको ।
५. बैंकको एक सञ्चालकले तालिम लिई सम्पूर्ण कर्मचारी मार्फत बीमा गराउंदा बीमाको वास्तविक महत्व ग्राहकलाई बुझाउन नसक्ने हुँदा बीमा बजारमा असर पुरयाएको ।
६. बैंकका कर्मचारीहरु बीमा अभिकर्ताको रुपमा नभई विशुद्ध बैंकि∙ क्षेत्रको काम गर्न आएकोमा बीमा पोलिसी खोज्न नसक्ने कर्मचारीको स्थायित्व र पदोन्नतीमा समेत असर पुगेको । जबरजस्ती बीमा ल्याउनुपर्ने टार्गेट दिएका कारण बैंकि∙ क्षेत्रका कर्मचारी मानसिक तनाव भई बैंकको जागिर छोडन बाध्य भएको ।
७. बेरोजगार समस्याले पिरोलिएका ४० लाख भन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको अवस्थामा करीब ४ लाख शिक्षित युवाहरु बीमा अभिकर्ताको पेशामा कार्यरत छन् तिनीहरुलाई बेरोजगार बनाई बिदेश पलायन गराउने षडयन्त्र भएको छ तसर्थ बीमा अभिकर्ताको रोजगारी खोस्ने काम बैंक तथा वित्त कम्पनीबाट नगरियोस् ।
८. बीमा एक नितान्त प्राविधिक विषय भएकोले आम नागरिकलाई बैंक खाता खोलाउन नसक्ने बैंकले बीमा अभिकर्ताको काम गरेर बीमाको पहुच बढाउछु भन्नु भन्दा बैंकि∙ पहुच बढाउन तर्फ अघि बढे राम्रो हुने थियो ।
९. बैंक तथा वित्त कम्पनीहरुले बीमा कम्पनीबाट पाउने निक्षेपको लोभमा जस्ता पोलिसीहरु पनि बेच्ने गरेकोेले सर्वसाधारण जनताले महंगो र कम बोनस दर भएका पोलिसीहरु किन्न बाध्य भई ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।
१०. बीमा कम्पनीहरुले बैंक तथा वित्त कम्पनीहरुबाट बीमा पोलिसी पाउने प्रलोभनमा परि उक्त बैंकमा रहेको निक्षेपलाई समयमै लगानी नगरेको र बढी ब्याज दिने बैंक तथा वित्त कम्पनीमा लगानी नगरी कम ब्याज दरमै लगानी गर्दा बीमितिहरुले पाउने बोनस दर निकै कम भएको छ ।
अन्तमा बैंक तथा वित्त कम्पनीका संस्थापकहरुले उधोग, कलकारखाना, शिक्षा, स्वास्थ्य, बीमा जस्ता सबै कार्यहरु आफुले नै गर्ने हो भन्ने नसोची आ–आफ्नो क्षेत्रको विशेषता अनुसार अघि बढेमा सबै क्षेत्रको स्वच्छ बिकाश र विस्तार हुने, एकले अर्काको पुरकको रुपमा काम गर्दा सहयोग मिल्ने कुरामा हामी विश्वास गर्दछौं । तसर्थ अन्र्तराष्ट्रिय रुपमै असफल भएको बैंकास्योरेन्स संस्थागत अभिकर्ता नेपालमा नभित्राइयोस् भनि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्दछौं ।

बिमल कुमार ढुंगाना (महासचिव)

नन्द प्रसाद तिवारी (अध्यक्ष)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS