काठमाडाैं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले १ अर्ब ६१ करोड खुद नाफा गरेको छ। चुक्ता पुँजी ८ अर्ब ८ करोडको आधारमा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैया २ पैसा रहेको छ। कम्पनीको खुद नाफा ४२ प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर आम्दानी पनि ४२ प्रतिशतले वृद्धि हुन सफल भएको छ।
कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड रुपैया रहेको छ। सो को आधारमा कम्पनीको लाभांस दिने क्षमता १३ प्रतिशतको हाराहारीमा छ।
निक्षेप २५ प्रतिशतले वृद्धि हुँदै ५९ अर्ब ८२ करोड पुगेको छ भने कर्जा २९ प्रतिशतले ५२ अर्ब ७२ करोड पुगेको छ।