काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफा तथा पुँजीगत जगेडा कोषबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
साथै,बोनशमा लाग्ने कर तिर्न ० दशालव ८९ प्रतिशत नगद लाभांश पनि दिइने कम्पनीले जनाएको छ ।
लघुवित्तले बोनश तथा नगद गरी कुल १२ करोड २४ लाख ७० हजार ४ सय ६९ रुपैयाँको लाभांश वितरण गर्नेछ ।