Prabhu Life Ad Final

हिमालयन जनरलको खुद नाफा ४०% ले बढ्यो, कुल बीमा शुल्क आर्जन कति ?

IME PAY
IME Life

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्म आइपुग्दा १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा कम्पनीको बिमा कोषमा ४७ करोड ३० लाख रुपैयाँ रहेको छ । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीले बीमा कोषमा रकम २७ प्रतिशतले बढाएको हो ।

यस्तै, कम्पनीले जगेडा कोषमा पनि ६४ प्रतिशतले सञ्चिती बढाएर २५ करोड ५२ लाख रुपैयाँ जम्मा गरेको छ । खुद बीमा शुल्क आर्जन भने १८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा कम्पनीले २९ करोड ९ लाख रुपैयाँमा बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधमा कम्पनीले ३२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५/ ७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा कम्पनीले १७ करोड ४८ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने १ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS