काठमाडौँ । सनराइज बैंकले पोखराको बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ ।
पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा उक्त नयाँ शाखा कार्यालयको उद्धघाटन गरेका हुन् । शाखासँगै बैंकले एटिएम पनि सञ्चालनमा ल्याएको छ ।
हालसम्म सनराइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।