काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद शेयर बिक्री गनका लार्गि बुधबार (साउन २९ गते) बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंगलबार (साउन २८ गते) सम्म कायम रहने शेयरधनी मात्र हकप्रद शेयर भर्न सने छन् ।
इन्स्योरेन्स कम्पनीले भदौ ८ गतेबाट हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले विक्री गर्न लागेको हकप्रद शेयर निष्काशत तथा विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । यस हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले असार ११ गतेको साधारण सभाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाबाट पारित गरिसकेको छ ।
१२ प्रतिशत बोनस र ७० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।