काठमाडौं । बीमा क्षेत्र दिनानु दिन प्रतिस्पर्धी बन्दै गइरहेको छ । बीमा क्षेत्रमा सर्वसधारण स्वयम्ले प्रबद्र्धनात्मक अभियान चलाउन थालेका छन् ।
यसै सन्दर्भमा तमघास, गुल्मीका सिता बोहराले बहिनी बबिता बोहोराको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले १५ बर्ष अवधि रहेको युनियन लाईफको सावधिक बीमा योजना पोलिसी उपहार स्वरुप दिएकी हुन् ।
कतिपयले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा भन्दा १५/२० बर्ष पछि कोही पनि गरीबीको कारण छटपटाउन नपर्ने युनियन लाईफका एजेन्सी म्यानेजर सीता बोहराले जन्मदिनमा उपहार दिएकोबारेमा प्रतिक्रिया जनाइन् ।
दैनिक रुपमा पिउने गरेको १ कप चिया कम गरि सो बराबरको रकम बचत गर्न सके बीमा पोलिसी लिन सकिने बोहरा बताइन् ।