काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) अपराह्न ३ बजे बोलकबोल हुने जनाएको छ ।
ट्रेजरी २०७६ साल कात्तिक २६ गते परिपक्व हुनेछ । यस अघि साउन २० गते केन्द्रीय बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।