काठमाडौँ । युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७४/७५ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
९ वर्षसम्मको सावधिक र सावधिक आजिवन र अग्रिम भुक्तानी जीवन बीमालेखमा ४०, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५० र २५ वर्ष वा सो भन्दा माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।