काठमाडौं । बजारमा बिक्री चाप आएसँगै यो साता नेप्से परिसुचक २५ दशमलव २८ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसुचक १२६३ दशमलव ८४ को विन्दुमा गएर बन्द भएको थियो भने यो साता नेप्से परिसूचक १,२३८ दशमलव २८ को बिन्दुमा गएर बन्द भएको छ ।
यो साता दोस्रो बजारमा ७४ लाख ३८ हजार कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब १९ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लोे साता दोस्रो बजारमा ७४ लाख ८१ हजार कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
यो साता सबैभन्दा धेरै कृषि विकास बैंकको कारोबार भएको छ । जसको १७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । यो साता टप टन कारोबार हुने कम्पनीहरुमा नेपाल बैंक, रसुवागडी हाइड्रोपावर, एनसीसी बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, साञ्जेन जलविद्युत, मुक्तिनाथ विकास बैंक र नबिल बैंक रहेका छन् ।
यो साता निर्जीवन बीमा समुहको १ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता निर्जीवन बीमा समुहको २ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै जीवन बीमा समुहको १ लाख ५३ हजार कित्ता शेयर खरिदविक्री हुँदा ९ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता जीवन बीमा समुहको १ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो ।