नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

यो साता नेप्सेमा २ कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ सूचिकृत भएको हो ।

सान्जेनको ६१ करोड ५७ लाख ८९ हजार कित्ता र रसुवागढी हाइड्रो पावरको ३ करोड २८ लाख ५० हजार कित्ता शेयर सूचिकृत भएको हो । हालै साउन २१ गतदेखि यी दुई कम्पनीको सेयर नेप्सेमा कारोबार सुरु भएको हो ।

नेप्सेले दुवै कम्पनीको कारोबारका लागि ओपन रेन्ज समेत तोकीसकेको छ । जस अनुसार रसुवागढी हाइड्रोपावरको न्यूनतम प्रतिकित्ता ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २ सय ९१ रुपैयाँ ८७ पैसासम्ममा कारोबार खुल्ने र सान्जेनको न्यूनतम ९६ रुपैयाँ ३२ पैसादेखि अधिकतम २ सय ८८ रुपैयाँ ९६ पैसासम्मको ओपन रेन्जभित्र कारोबार हुने जनाएको थियो ।

हाल सान्जेनको बजार मुल्य २ सय २४ रुपैया रहेको छ भने रसुवागडीको २ सय १४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार